शक्ति राष्ट्र अमेरिकाको निर्वाचनमा जो बाइडन ४६औं राष्ट्रपति निर्वाचित भएका छन् ।

डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन् ।

तर उनी समक्ष कानुनी चुनौतीहरू भने बा“की छन्। राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन । अमेरिकी सञ्चारमाध्यमले बाइडेन २ सय ९० का इलेक्टोरल मतसहित विजयी भएका जनाएको छ । पछिल्लो परिणामअनुसार रिपब्लिकन पार्टीबाट प्रतिस्पर्धामा उत्रेका डोनाल्ड ट्रम्पले २ सय १४ इलेक्टोरल मत छ ।

सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौंको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता र प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन् । सामान्य नागरिकस“ग घुलमिल हुन सक्ने क्ष्मता राख्छन् ।

सन् १९७० ताका जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौं मतदाता जन्मिएका पनि थिएनन् । बाइडनको वाशिङ्टनसंगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो । जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए ।

उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । अमेरिकालाई विभाजित हैन, एकताबद्ध पार्ने’ जो बाइडनको प्रतिबद्धता रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा विश्वभरका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरुले अमेरिकी उपराष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकोमा थप खुशी व्यक्त गरेका छन् । 
एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल