नुवाकोट–नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटले स्वास्थ्यकर्मी स्मारिका विमोचन गरिएको छ ।

उक्त स्मारिका अंक २ पुस्तकको रुपमा रहेको छ ।

विहिबार नेपाली कांग्रेस पार्टी कार्यलयमा संघ जिल्ला कार्यसमिति नुवाकोटले आयोजना गरेको विमोचन कार्यक्रममा जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले पुस्तक विमोचन गरेका हुन् ।

सभापति केसीले कोरोना उच्चजोखिममा रहेर स्वास्थ्यकर्मीहरुले आफ्नो कर्तव्य र दायित्व पूरा गरेको बताउदै अहिलेको सरकारले स्वास्थ्यकर्मीको महत्व बुझ्न कठिन भएको बताए । उनले राज्यले स्वास्थ्य क्षेत्रमा सुधार गर्न नसकेको बताए ।

अर्का नेता रमेशकुमार महतले संक्रमणको महामारीमा स्वास्थ्यकर्मीले आफ्नो अभियानलाई दिलोज्यान दिएर गरेको कार्यको प्रशंसा गरे ।

विमोचन कार्यक्रममा समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ, पार्टी सचिव शिव दाहाल, कोषाध्यक्ष महेन्द्र थिङ लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल