काठमाडौ–भाग्यमा भए ढोकोमा दुध दोहोय पनि चुहिन्न । यस्तै भाग्य खुलेको छ, बेलायतका एक महिलालाई । सडक किनारमा बेच्न राखिएका सामान्य वस्तु बहुमूल्य पनि हुन्छन् र त्यसले जीवन परिवर्तन गराइदिन सक्छ भन्ने कुरा बेलायतको लण्डनमा बसोबास गर्ने महिलामा देखिएको छ ।

दी सन पत्रिकामा प्रकासित समाचार अनुसार डेब्रा गोडार्ड बेलायतको लण्डनमा बसोबास गर्थिन् । गोडार्डस“ग ३० वर्ष अघि किनेको एउटा सुनको औंठी थियो । त्यसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो ।

उक्त औंठी गोडार्डकी आमाले सडक किनारबाट १० पाउण्ड (नेपाली साढे १५ सय रुपैया“)मूल्यमा ल्याएकी थिइन् । उनकी आमा बिरामी परिन् । उपचार खर्च अभावमा उक्त औंठी बेच्ने निर्णयमा पुगिन् । त्यही बेचेर केही पैसा आउ“छ र उपचार गराउन पर्ला भनेर उनी गहना पसल पुगिन्  । गहना पसलेले उक्त औंठीमा भएको पत्थर हेर्यो ।

सामान्य का“च नभएर त्यो पत्थर बहुमूल्य हीरा भएको गहना पसललेले बतायो । गोडार्डलाई सुझाव दिंदै गहना पसलेले लिलामीमार्फत बिक्री गर्न बताए ।

गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा गइन् । त्यहा“ उनको औंठी लिलामीमा राखिन् ।

जडान गरिएको पत्थरयुक्त हीराले ७ लाख ४० हजार पाउन्डमा बिक्री भयो । उक्त औंठीको नेपाली रुपैया“ १० करोड ७५ लाख हुन आउ“छ ।

त्यति धेरै पैसा आएपछि अहिले यी आमा–छोरी दुःख र अभावको जीवनगुजाराबाट मुक्त भए । एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल