नुवाकोट–विदुरनगरपालिका वडा नम्बर ५ देबिघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले निकालेको जेष्ठ नागरिक संरक्षण दिग्दर्शन २०७७ स्मारिका विमोचन गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुस्तक विमोचन गरेका हुन् ।

उनले जेष्ठ नागरिकबाट संस्कार र संस्कृति युवा पुस्ताले सिक्नुपर्ने बताएका छन् । उनले जेष्ठ नागरिक उपचार, संरक्षण र सामाजिक सुरक्षा लागि लागि परेको बताए ।

उनले सरकारले वृद्धबृद्धा र विपन्न बालबालिका सहित ६७ अर्ब र कोभिड १९ को महामारीका लागि ९० अर्ब भन्दा बढी रकम छुट्याएको मन्त्री मानन्धरले बताए ।

उनले महाकवि देवकोटाको मुनामदनको संझना गर्दै मन्त्री मानन्धरले भने,हातका मैला सुनका थैला के गर्नु धनले, साग सिस्नु खाएको आनन्दी मनले जस्तो सादगी जीवनको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले जेष्ठ नागरिक इतिहासका जिउ“दा दस्तावेज भएको बताए ।

मन्त्री मानन्धरले कोरोना महामारीबाट जेष्ठ नागरिक बढी प्रभावित हुने र सतर्कता अपनाउन आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताको जीवन रक्षा र सम्वृद्धिको जनचाहनालाई अघि बढाइरहेको बताए । उनले उपत्यकासंग जोडिएका स्थानहरुमा नया“ सहरको परिकल्पना र चीनसंगको प्रमुख व्यापारिक नाका केरुङबाट हुने व्यापारले नुवाकोट चा“डै सम्वृद्धिको बाटोमा लम्कने बताए ।

नुवाकोटलाई रेल र सुरुङ मार्गका जोड्ने भएकाले नुवाकोटले विकासतर्फ उन्मुख भएको बताए ।

कार्यक्रममा विनपाका पूर्व मेयर ठाकुर गजुरेल,हालका सन्जु पण्डित, उपमेयर गीता दाहाल अर्याल लगायतले आफ्नो धारणा राखेका थिए ।

स्मारिका विमोचन कार्यक्रममा अध्यक्ष विष्णु नेपालले जेष्ठ नागरिकप्रति समाजले हेरिने धारणा फराकिलो बन्दै गएको बताए । उनले स्मारिका एउटा अध्ययनको पाटो हुनसक्ने बताए ।

प्रतिष्ठानका कोषाध्यक्ष विन्दा अर्यालले कार्यक्रममा स्वागत तथा संचालन हेमप्रसाद अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल