नुवाकोट–आफ्नो चारदशक प्रवेशको अवसरमा देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई एक स्थानीयले सहयोग प्रदान गरेका छन् ।
विदुरनगरपालिका ६ ईनारपाटी निवासी ईन्जिनियर राजकुमार आचार्यले ४० औ वर्ष प्रवेश तथा जन्मदिनको अवसरमा प्रतिष्ठानमा रहेका जेष्ठनागरिकलाई खाद्यँन्न लगायतका सहयोग प्रदान गरेका छन् ।
प्रतिष्ठानमा २५ जना जेष्ठनागरिक रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपाल ,सहसचिव रामहरि गजुरेल, सल्लाहकार रामप्रसाद दाहाल लगायतले आचार्यको सहयोगको सराहना गर्दै जन्मदिनको शुभकामना दिएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !