काठमाडौं—बागमती प्रदेशमा रहेको दोलखा भीमेश्वरको शिलामा मंगलबार दिउसो ‘पसिना’ आएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्ति अनुसार दिउ“सो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ५४ मिनेटसम्म शिलामा ‘पसिना’ आएको छ ।

भीमेश्वर मन्दिर दोलखा भीमेश्वरनगरपालिका वडा नम्बर २ मा रहेको छ । शिलामा पसिना आएपछि प्रचलित परम्परा अनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेका थिए ।

पसिना आएको जानकारी पाउनासाथ स्थानीय प्रशासनले सुरक्षा निकायका पदाधिकारी मन्दिरमा पुगेर भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरुसंग बैठक बसेका थिए । बैठकले उक्त पसिनायुक्त महाप्रसाद राष्ट्र प्रमुख समक्ष बुधबार पठाउने निर्णय गरेको स्थानीय प्रशासनले जनाएको छ ।

भीमेश्वरलाई पसिना आएपछि देशमा ठूलो परिवर्तन वा अरिष्ठ हुने संकेतमा रुपमा हेरिंदै आएको छ । महाभुकम्प आउने समय होस् वा सरकार ढल्ने वा राष्ट्र प्रमुखमाथि आइपर्ने समस्याको अग्रिम संकेतमा रुपमा दोलखा (भीमसेन) भीमेश्वरमा आउने पसिनालाई हेरिंदै आएको छ ।

भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनहरु मन्दिर परिसरमा भेला भएर धूप बत्ती बालेर घण्टी बजाएका थिए । मन्दिरका मुख्य पूजारीले भीमेश्वरलाई पंखाले हम्केका थिए ।

भीमेश्वरको शिला (चट्टान)मा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गरिन्छ । कोरोना महामारीका कारण बन्द भएको भीमेश्वर मन्दिर पुजारीले शिलामा ‘पसिना’ आएको स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।

स्थानीयले शिलाबाट झरेको पसना पुछेको कपास प्रसादको रुपमा बा“डिएको थियो । अरु राष्ट्र प्रमुखलाई उक्त कपासलाई खाममा हालेर राष्ट्रपतिकोमा पु¥याउने चलन छ ।

राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो । हाल राष्ट्रपतिबाट पूजा गरिंदै आएको छ । उक्त महाप्रसाद राष्ट्रपतिकोमा पुगेपछि क्षमा पूजा गर्न लगाउने चलन छ । त्यसो नगरे देशमा अरिष्ठ हुने जनविश्वास रहिआएको छ ।

यसअघि २०७४ सालमा मंगलबारकै दिन दोहा¥याएर ‘पसिना’ आएको थियो । वि. सं. १९९०, २००७, २०२८ र २०७० पनि भीमेश्वरलाई पसिना आएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल