नुवाकोट–छैठौं उद्योग दिवसमा दुई उद्यमी सम्मानित भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले मंगलबार ओम बेकरी त्रिशुलीका निलम रञ्जित र सापकोटा गाई फर्म ईनारपाटीका सावित्री सापकोटालाई सम्मान गरेको छ ।

उद्योग र रोजगार समृद्धिको आधार भन्ने नाराका साथ उद्योग दिवसको मनाएको छ ।

दिवस मनाउन देशका ७ सय ५३ वटै स्थानीयतहभित्रका उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।

माथिल्लो निकायको परिपत्र अनुसार उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय प्रमुख दुर्गादत्त भट्टले जानकारी दिए ।

लामो समयसम्म कोरोनाभाईरसका कारण थलिएको उद्योग क्षेत्रको पुनःउत्थानको लागि सम्बन्धित कार्यालयबाट पहलकदमी हुनुपर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति नुवाकोटका महासचिव बद्री अर्याल बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल