काठमाडौं–सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मंसिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जनाएका छन् । उनका अनुसार कोरोनाका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको जनाए ।
यसअघि सरकारले गत असोज २४ गते हुने भनेर तय गरे निर्वाचन कोरोना संक्रमणको जोखिमका कारण मंसिर २७ मा सारिएको थियो ।
यसअघि ट्रेड युनियनको निर्वाचन गत जेठ १९ गते हुनुपर्नेमा कोरोना भाइरसको जोखिम देखाएर स्थगन हुंदै आएको छ ।
निर्वाचनको लागि सबै तयारी पूरा गरेर बसेका कर्मचारीहरु सरकारको यो निर्णयले रुष्ट भएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !