नुवाकोट –नेपाललाई धर्म निरपेक्षताबाट हटाएर नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सनातन संस्कृति समाज नेपालले माग गरेको छ ।

सदरमुकाम विदुरमा शुक्रबार आयोजित भेलामा उक्त माग गरेको हो । नेपालको संविधान २०७२ ले एउटै माला नेपालीलाई सूत्रवद्ध गराउन नसकेकोले धर्म निरपेक्षाताको खारेजी गरेर हिन्दू राष्ट्र कायम गर्नुपर्ने समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विष्णु भट्टराईले बताए ।

त्यसैगरी कार्यक्रममा केन्द्रिय महासचिव पुष्पराज पराजुलीले धर्म निरपेक्षाको नाममा क्रिश्चियन धर्म फैलिइदै गएकाले नेपाल समयसापेक्ष हिन्दू राष्ट्र बनाउनुपर्ने बताए ।

राप्रपा केन्द्रिय कार्यसमिति सदस्य झनकबहादुर प्याकुरेलले सरकारले भ्रष्टाचार बढाएर आम समुदाय मंहगीमा पिल्सिएको बताउदै वैदेशिक ऋणको भारले नेपाली थिचिदै गएको बताए ।

समाजका केन्द्रिय सदस्य श्यामसुन्दर बलामीको अध्यक्षतामा गरिएको कार्यक्रममा संघीयता खारेजीको माग गरिएको थियो ।
नुवाकोटमा नया कार्यसमिति पाण्डे
समाजले रामकृष्ण पाण्डेको अध्यक्षतामा ११ सदस्यीय सनातान संस्कृति समाज नेपाल नुवाकोट गठन गरेको छ ।

समाजको उपाध्यक्षमा प्रदिप कार्की, सचिव सुमन खड्का, सहसचिव शिवप्रसाद डोटेल, कोषाध्यक्ष प्रेम रुम्बा, सदस्यहरुमा उपेन्द्र तामाङ, चक्रबहादुर कार्की, विनोद न्यौपाने, नरबहादुर कार्की, सुदिप पाण्डे छन् भने सल्लाहकारमा पद्मबहादुर कार्की रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल