काठमाडौ– सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढी पाइएको छ ।
संसारकै उच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढी देखिएको हो ।
केही समयदेखि सगरमाथाको उचाईको विषयलाई लिएर भइरहेको अन्यौलता अब अन्त भएको छ । नेपाल र चीनको संयुक्त टोलीले गरेको मापन अनुसार सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर रहेको सार्वजनिक गरिएको हो ।
नापी विभागमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सगरमाथाको उचाई विगतमा भनिएको उचाई भन्दा ८६ सेन्टिमिटर बढी देखिएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !