नुवाकोट–राष्ट्र, राष्ट्रियता, सनातन धर्म, संस्कृति, संवैधानिक राजसंस्था स्थापनाको माग गर्दै आईतवार जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरिने भएको छ ।

राप्रपा एवंम संयुक्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा वृहत प्रर्दशन हुन लागेको राप्रपा नुवाकोटका अध्यक्ष कुलवहादुर खड्गीले विदुरमा पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

राप्रपा नुवाकोट सहित विभिन्न ९ संघसंस्थाले राजसंस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग गर्दै प्रर्दशनको तयारी थालेका हुन् ।

अहिलेको शासन व्यवस्थाभन्दा राजसंस्था राम्रो हुने देखिएको भन्दै प्रर्दशनमा उत्रने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । संविधानमा सबै धर्मको रक्षा गर्दे धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने तथा संवैधानिक राजसंस्था पुनस्थापना गर्नुपर्ने र संघियताको पुनरावलोकन गर्नुेपर्ने मागसहित शाान्तिपुर्ण विरोधमा प्रदर्शन गर्न लागिएको राप्रपाका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य झनकबहादुर प्याकुरेलले जानकारी गराए ।

विरोध रयाली आइतबार दिउ“सो ११ बजे विदुर चौतारोबाट सुरु भई नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार पुगेर कोणसभामा परिणत हुने बताइएको छ । कोणसभालाई राप्रपाका नेताले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

विरोध र्यालीमा राष्ट्रिय झण्डा सहित आउने बताइएको छ । विरोध र्यालीमा ३ हजार देखि ३ हजार ५ सयसम्म सहभागी हुने राप्रपा नुवाकोट सचिव दिपेश पाण्डेले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल