नुवाकोट– राजसंस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्रको माग गर्दै राजावादीले आईतबार प्रदर्शन गरेका छन् ।
विदुरको लोकतान्त्रिक चौतारोबाट सुरु भएको मोटरसाइकल सहितको र्याली नुवाकोट आदर्श वहुमुखी क्याम्पस बट्टारको ढोकामा पुगेर कोण सभामा परिणत भएको थियो ।
प्रदर्शनमा गणतन्त्रको खारेजी र संबैधानीक राजतन्त्रको पुनस्र्थापना सहित हिन्दु राष्ट्र लगायतका नारा लगाएका थिए । सहभागीले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झन्डा लिएर मोटरसाइकल तथा गाडीमा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा नारा लगाएका थिए ।
कोणसभामा बोल्दै पुर्वअर्थमन्त्री एवम राप्रपा केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विदेशी शक्तिको आडमा दलहरुले मुलुकलाई धर्म निरपेक्षता र राजसंस्थालाई पाखा लगाएको बताउदै १२ बुद्धेमा संवैधानिक राजतन्त्र हटाउने कुनै सम्झौता नगरेको बताएका छन् ।
‘नेपालमा राजतन्त्र अन्त्य हुनुमा नेपालका नेताहरुलाई प्रभावित बनाई डलरको खेती गरेर सिध्याएएको नेता लोहनीले बताए । देशको पहिचान राजसंस्था रहेको बताउदै संकट परेको बेलामा जहिले पनि राजसंस्थाले साथ दिएको बताए ।
०४६ सालमा जनआन्दोलन भएको राजाले देश बचाएको बताए । उनले सरकार भ्रष्ट्राचारमा लिप्त भएको बताए ।
जनताले खबरदारी गरेर राजसंस्था पुर्नस्थापना गर्नुपर्ने दिन आएको नेता लोहनीले बताए । भ्रष्ट्राचार अन्त्यको लागि जनता र नागरिक समाजले आवाज उठाउनु परेको बताए ।
कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेताले नेपाललाई पुरानो विहार बनाएको बताउदै जनताले परिवर्तनले नागरिक सरकार बनाउनपर्ने बताए । देशमा अहिले झिक्दे गा“ड भनेको थप्दे गा“ड भएको बताए ।
राप्रपाका जिल्ला अध्यक्ष कुलबहादुर खड्कीको सभापतित्वमा भएको विरोध कार्यक्रममा केन्द्रिय सदस्य झनक प्याकुरेल, राजु लोहनी लगायतले आफ्नो धारणा राखेका थिए ।
विरोध र्यालीमा गणतन्त्रको विरोधी नारा लगाएका थिए । भ्रष्ट्राचार, हिन्दू राष्ट्रको माग सहित नारा लगाइएको थियो ।
विरोध प्रर्दशनको लागि गाउ“गाउ“बाट राजतन्त्र र हिन्दू राष्ट्र माग गर्दै स्थानीय र राप्रपाका नेता तथा कार्यकर्ता सदरमुकाम विदुर आएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !