काठमाडौँ- ललितानिवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई डिल्ली बजार कारागार चलान गरिएको छ।
विषेश अदालतले आइतबार थुनछेक आदेश गर्दै बस्न्यातलाई थुनामा पठाउने निर्णय गरेको थियो। भीआईपी थुनुवाका लागि डिल्ली बजार कारागार चर्चित छ। नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्दलाई त्यही राखिएको थियो। टिकापुर घटनामा दोषी ठहर रेसम चौधरीलाई पनि डिल्ली बजार कारागारमै राखिएको छ।
ललिता निवास प्रकरणमा आइतबार अदालतमा बयान दिन पुगेका बस्न्यातविरुद्ध न्यायाधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थुनामा पठाउने थुनछेक आदेश सुनाएका हुन्।
गत वर्ष माघ २३ गते आयोगले बस्नेतसहित १७५ जनाविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनले भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदा सरकारी जग्गा हडप्न भूमिका खेलेको आयोगको दाबी छ। उनीविरुद्ध ९ करोड ३५ लाख बिगो दाबी गरिएको छ।
साभारः देशसंचारबाट
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !