काठमाडौ–नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले आगामी निर्वाचनबाट बहुमत सहित सरकार बनाउन सके नेपाली कांग्रेस हिन्दू राष्ट्रको पक्षमा उभिने बताएका छन् ।
सोमबार मोरङको विराटनगरमा पत्रकार सम्मेलनका क्रममा महामन्त्री कोइरालाले आगामी आम निर्वाचनमा कांग्रेसले बहुमत हासिल गरेमा जनमत संग्रहबाट हिन्दू राष्ट्रको पक्षमा उभिने बताएका हुन् ।
निर्वाचनमा कांग्रेसले बहुमतको सरकार बनाउने सकेको अवस्थामा पार्टी हिन्दु राष्ट्रसंग जोडिने जनाए । उनले पार्टीको महाधिवेशन फागुनमा हुनसक्ने बताए ।
महाधिवेशन फागुनबाट सारेर जेठ अन्तिम हुने महामन्त्री कोइरालाले जोड दिएका छन् । पार्टीको भावी नेतृत्वको दौडमा धेरै आकांक्षी भएपनि कोइराला परिवारका तीनजनाबीच छलफल गरिने बताए ।
उनले संघीयता विरोधी वर्तमान सरकार पूर्णरुपमा असफल भएको कोइरालाले बताए । स्थानीय तह, प्रदेश सरकारलाई अधिकार दिन नचाहेको बताउदै सरकार संघीयता विरोधी भएको उनले जोड दिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !