नुवाकोट– सरकार विरुद्ध नेपाली काग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

सोमबार ७७ वटै जिल्लामा काग्रेसले सरकार विरुद्ध प्रदर्शन गरेको हो ।

त्यसैगरी नुवाकोटमा नेपाली काग्रेसका नेता डा. चन्द्र भण्डारीले देशको अवस्था गम्भिर अवस्था पुगेको र भएका धर्म संस्कृति समाज मासिंदै गएको बताएका थिए ।

नुवाकोटको बट्टारबजारमा सोमबार आयोजित विरोधसभामा बोल्दै नेता भण्डारीले सरकार जनताप्रतिभन्दा पनि भ्रष्टाचारमा लिप्त अवस्था रहेको बताए । उनले देशको चुच्चे नक्सा हराएको र देश कहा“ छ भनेर खोज्नुपर्ने अवस्था आएको बताए ।

कोरोनाभाइरसका कारण जनता आक्रान्त बन्दा पनि सरकार आफ्नो सत्ता जोगाउन लागेको आरोप लगाए । सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा राम्रोकाम गरेर देखाउन नसकेको नेता भण्डारीले बताए ।

दुई तिहाईको मत पाएको सरकारले नेपालीलाई औषधी, अस्पतालमा भेन्टिलेटर आवश्यकता पर्छ भनेर सम्म सोच्न नभ्याएको आरोप नेता भण्डारीले लगाए । उनले नेपाली जनता विना सत्ता नटिक्ने बताए ।

सरकारी जग्गा बेच्ने, औषधीका नाममा भ्रष्टाचार गरेर ठूलालाई कारवाहीको सट्टा उन्मुक्ति दिने गरेको आरोप लगाए । कोरोनाले देश आर्थिक अवस्थामा कमजोर रहेको बताउदै जनताले औषधी र मल नपाएकोमा आपत्ति जनाए ।

कम्युनिष्ट नेता झलनाथ खनालले ७२ करोड रुपैया सर्प पाल्न बजेट विनियोजन गर्ने सरकारले कोरोनाको विपत्ति परेका जनताले राहत दिलाउन चुकेको नेता भण्डारीले आरोप थियो ।

नेपालका कम्युनिष्ट पार्टीका अध्यक्षव्दय दुई पालट भएपनि देशको जहाज उडाउन नसक्ने अवस्थामा पुगे बताए ।

विरोधसभामा सांसद बहादुरसिं तामाङ, पूर्व नेपाली काग्रेस जिल्ला सभापति ध्रुव अधिकारी, नेपाली काग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, जिल्ला सचिव शिव दाहाल, महासमिति सदस्य रमेश महत, महिला नेतृ बिन्दा अर्याल, क्ष्ँेत्रिय सभापति ध्रुव श्रेष्ठ, विद्यार्थी नेता शंकर पाण्डे लगायतले काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति गरेको दुव्र्यवहारको खेद व्यक्त गर्दै सरकारको विरोध गरेको थिए ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सोमबार गाउ“–गाउ“बाट नेता तथा कार्यकर्ता सरकारविरुद्ध विरोध प्रदर्शन गर्न विदुर आएका थिए । पार्टी कार्यालयबाट सरकार विरोधी नारा लगाउदै निक्लेको र्याली बट्टारबजारको सभामा परिणत भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल