काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको छ ।

‘मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ’,राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीव्दारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । केही मन्त्रीहरुको असहमतिका बीच प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेका थिए । संसद विघटनसम्बन्धी प्रधानमन्त्रीको चौतर्फी विरोध भइरहेको छ ।

७ मन्त्रीव्दारा सामुहिक राजीनामा÷२ मन्त्रीले दिएनन्

सात जना मन्त्रीले आइतबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन भएको प्रति आपत्ति जनाउदै सामुहिक राजिनामा दिएका छन् ।

यसरी सामुहिक राजीनामा दिनेमा दाहाल र नेपाल पक्षका ७ मन्त्री छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउ“दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् ।

तर प्रचण्ड पक्षका २ जना मन्त्री गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

सामूहिक राजीनामा दिंदै उनीहरुले जारी गरिएको प्रेस विज्ञप्तिमा २०७७ पुस ५ गतेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा असहमति रहेको जनाएका छन् ।

गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थितरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउंदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।
राजीनामा दिने मन्त्रीहरु

१. गिरिराजमणि पोखरेल( शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

२. वर्षमान पुन( ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री

३. घनश्याम भुसाल( कृषि तथा पशुपन्छी विकास मन्त्री

४. योगेशकुमार भट्टराई( संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

५. शक्तिबहादुर बस्नेत( वन तथा वातावरण मन्त्री

६. रामेश्वर राय यादव( श्रम तथा रोजगार मन्त्री

७. बिना मगर( खानेपानी तथा सरसफाइ मन्त्री

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल