नुवाकोट–प्रधानमन्त्रीले संसद विघटनको विरोध गर्दै जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ ।

बुधबार पार्टी कार्यालय विदुरबाट निस्केको नाराजुलुसले संसद विघटनको निर्णय खारेज गर्न माग गर्दै विदुरचोक, विदुरबजार हुदै लोकतान्त्रिक चोकमा कोणसभा गरेर सकिएको थियो ।

कोणसभामा जसपाका केन्द्रिय सदस्य डा. भिमलाल तामाङले अव युवाहरु एकजुट भएर असंवैधानिक र अलोतान्त्रिक कदम सच्याउनुपर्ने बताए ।

कोण सभामा जसपाका केन्द्रिय परिषद सदस्य राजन वम, जिल्ला अध्यक्ष ईश्वरकुमार राउतले सरकारले गरेको संसद विघटनको विरोध जनाएका थिए ।

कोणसभा गर्नु अघि विरोध प्रदर्शनमा नेता कार्यकर्ताले प्रधानमन्त्रीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल