काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्रबार काठमाडौंमा बृहत विरोध प्रदर्शन गरेको छ ।

राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थालाई पुर्नस्थापना र संघीयतालाई पुनरावलोकन गर्नपर्ने माग गर्दै प्रदर्शन गरेको हो । विभिन्न जिल्लाबाट आएका पार्टीका नेता तथा कार्यकर्ता भएका थिए ।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गरेका थिए ।

त्यसैगरी अर्का अध्यक्ष राणाले राजसंस्थाप्रति जनताको झुकाव बढेको र युवापुस्ताले राजसंस्था र हिन्दू राज्यको महत्वलाई बुझ्न थालेको बताए । अहिले भइरहेका आन्दोलनमा युवा चेहराहरु धेरै देखिनुले नेपालमा राजसंस्था फर्किने विश्वास अझै गाढा भएको बताए ।

त्यसैगरी अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारका कारण नेपाली जनताले दुःख पाएको बताउदै राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापनाको विकल्प नभएको बताए । लोहनीले केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघठन गरेको भन्दै कडा आलोचना गरे ।

राप्रपा अध्यक्ष कमल थापाले सिंहदरबार र शीतल निवासका शासकलाई लक्षित गर्दै प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन आफू मर्न र मार्न पनि तयार भएर टाउकोमा कफन बाँधेर सडकमा आएको बताए । हिन्दूराष्ट्र र राजसंस्थाको पुर्नस्थापना मुख्य विषय भएको पार्टीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल