काठमाडौं– कोरोना महामारी बढेसंगै संघीय राजधानीका तीन वटै स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
आइतबार काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पुराजुली, ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत र भक्तपुरका सहायक जिल्ला अधिकारी मुकेशकुमार केशरीले छुटाछुटै सूचना जारी गरेका छन् । तीनवटै प्रशासनको संयुक्त बैठकले उक्त निर्णण गरेको जनाएका हुन् ।
काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै कार्यालयहरुले अत्यावश्यक सेवा मात्र संचालन गर्ने भएका छन् ।
बैशाख १३ गतेदेखि २० गतेसम्मलाई सेवा प्रवाह बन्द गरिएको स्थानीय प्रशासनले जनाएका छन् ।
तर भक्तपुर जिल्ला प्रशासनले भने १४ गतेदेखिबाट एकसाता सेवा प्रवाह बन्द गर्ने सूचना जारी गरेको छ ।
अत्यावश्यक काम शान्ति सुरक्षासंग सम्बन्धित निवेदन, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र संचालन गर्ने निर्णय गरिएको छ ।
नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ–संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको कार्यालयले जारी गरेको सूचनामा जनाएको छ । संक्रमितको संख्या पहाडमा २ सय र सहरमा ५ सय पुगेपछि लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिने भएको छ । सोमबारको प्रजिअको बैठकले लकडाउन गर्ने÷नगर्नेबारे निर्णय लिन सक्ने छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !