नुवाकोट– नुवाकोटमा कोरोनाभाइरसका कारण मृत्यु हुने संख्या दुई पुगेको छ ।

सोमबार विदुरनगरपालिका ९ खिन्चेतकी ७७ वर्षिया एक महिलाको उपचारको क्रममा मृत्यु भएको त्रिशूली अस्पतालले जनाएको छ ।

उनी यही वैशाख ३ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी थिइन् । उनको पिसिआर परीक्षण गर्दा रिपोर्टमा पोजेटिभ देखिएपछि आइसियुमा भेन्टिलेटरबाट उपचार भइरहेको थियो । उपचारत् ती महिलाको सोमबार दिउसो निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेन्द्र पाण्डेव्दारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नुवाकोटमा एक शिवपुरी गाउ“पालिका ४ सिक्रेका एक महिलाको कोरोनाको कारण निधन भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल