काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि सरकारले भारततर्फका २२ नाका बन्द गर्ने भएको छ ।

३५ वटा नाकामध्ये अहिले १३ नाका मात्रै संचालनमा ल्याइने भएको छ । यसबाट आयात गरी खाने संघीय राजधानीवासीलाई बढी असर पर्ने देखिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारततर्फ खुलेका ३५ नाकाहरु मध्ये १३ वटा मात्रै संचालनमा ल्याउने निर्णय गरेको हो । २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय उक्त बैठकले गरेको छ ।


सरकारले क्वारेन्टिनसहित खुल्ला राखेका नाकाहरुमा का“कडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन् ।

बैठकले संघीय मन्त्रीलाई प्रदेशसंग समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ ।

निर्माण कार्य चालु गर्ने भए कामदार तथा कर्मचारीहरुलाई निर्माणस्थलमै राख्नुपर्ने छ । उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याउने निर्णय पनि गरेको छ । नेपाल आएका विदेशीलाई क्वारेन्टिनमा अनिवार्य बस्न र नमाने फिर्ता पठाउने निर्णय गरेको छ । होटलहरुलाई थप क्वारेन्टिनको रुपमा व्यवस्थित गर्न भनिएको छ ।
साभारः देशसञ्चारबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल