काठमाडौ–कोभिड–१९ को संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिस्थिति डरलाग्दो भएको भन्दै लकडाउनलाई थप कडाई गर्ने नीति लिएको छ ।

शुक्रबारको बैठकले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै निजी क्षेत्रको निर्माण कार्य बन्द गनेर् र सार्वजनिकस्थलको निर्माण कार्यलाई त्यही खानाको व्यवस्था मिलाएर काम गराउने निर्णय गरेको छ ।

संक्रमण बढ्दो र चुनौतीपूर्ण अवस्था रहेको बताउंदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामान्य अवस्थाको नठान्न र आफैं सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
उद्योगमा काम गर्नेलाई कार्यस्थलमै खान बस्नको व्यवस्था, बाहिर हिडडुलमा व्यापक रोक लगाउने निर्णय गरेको छ ।

अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटल क्वारेन्टिनलाई थप व्यवस्थित गर्ने, पशुपति क्षेत्रको शव दाह गृहलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालनमा ल्याउने, उपत्यकाका सरकारी अस्पताललाई थप व्यवस्थित गर्दै लैजाने र कोभिडको उपचार गर्न स्थान छुट्याएर काम गरिने र अपुग भएमा निजी अस्पतालालई कोभिड अस्पतालको रुपमा उपयोग गर्ने निर्णय सीसीएमसीले गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल