नुवाकोट– नुवाकोटमा मंगलबारबाट निषेधाज्ञा लागू गरिएको छ । बैशाख २१ गते बिहान ४ बजेदेखि वैशाख २७ सम्म कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न निषेधाज्ञा जारी गरेको गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरि केन्द्रको बैठकले वैशाख २१ गते बिहान ४ बजेदेखि वैशाख २७ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको हो ।

निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह समेत गरिएको छ ।
मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ ।
काठमाडौ उपत्यकामा थप एक हप्ता

त्यसैगरी काठमाडौ उपत्यकामा थप एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएका छन् ।

उपत्यकामा सा“झ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब सा“झ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको स्थानीय प्रशासनहरुले जनाएका छन् । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल