नुवाकोट–कोरानाको महामारीको बढ्दै गएपछि तादी गाउ“पालिकाले अक्सिजन सहितको शैया तयार परेको छ ।
छिमेकी गाउपालिकाहरुमा समेत जोखिम बढेपछि तादी गाउ“पालिकास्थित खरानीटार अस्पतालमा अक्सिजन सहितको २० वटा आईसोलेसन बेड तयार पारिएको गाउ“पालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए ।
तादीगाउपालिकामा ६० जना कोरोना संक्रमित छन् । गाउ“पालिकाले खरानीटार अस्पताल बाट स्वाव सङ्कलन गर्ने र सङ्क्रमणको आशंका लागेमा अस्पतालमा आएर स्वाव दिन भनिएको छ । गाउपालिकाले माक्स, सेनेटाईजर प्रयोग गर्र्न, सामाजिक दुरी कायम गर्न अनुरोध गरेको छ ।
नुवाकोटमा १ हजार ५ सय ३६ जना संक्रमित रहेका छन् । १ हजार १ सय ९७ जना निको भइसकेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !