काठमाडौं– पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन जारी गरेको छ ।

पछिल्लो समय कोरोना संक्रममितको संख्या बढ्पछि प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले ०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले बुधबार जारी गरेको निर्देशनमा भनेको छ ।

नेपाली सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सेनाको थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि विभिन्न योजना तर्जुमा र आवश्यक तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल