काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत् पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आइसियूबाट वार्डमा सारिएको छ ।
कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको स्वास्थ्यमा सुधार भएपछि बुधबारदेखि वार्डमा सारिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
नर्भिक अस्पतालमै उपचाररत् पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !