काठमाडौं– नेपालमा कोरोनाभाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै उच्च रेकर्ड संक्रमित पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा केही सातायता कोभिडका बिरामी र मृत्यु हुने मानिसको ह्वात्तै बढेको छ । यो दोस्रो संक्रमण लहरमा अहिले बालबालिका र वृद्धवृद्ध तथा युवाहरू देखिएका छन् ।

यसअघि बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो । विहिबार मृत्यु हुने संख्यामा ४ जना घटेका छन् ।
मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना निको भएको मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ । कोरोनाबाट थप ५४ जनाको मृत्यु, सक्रिय संक्रमित ७२ हजार नाघेको छ ।
अहिले देखिएको कोभिडका लक्षण

कोरोनाभाइरसका बेला देखिने लक्षण अरू सङ्क्रामक रोग खागसरी फ्लू अथवा रुघाखोकीसँग मिल्दोजुल्दो हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुन बताउ“छन् ।
डा. पुनका अनुसार खोकी लाग्ने, जीउ दुख्ने, सास फेर्न अप्ठेरो हुने जस्ता कोभिड–१९ का मुख्य लक्षण हुन् । साथै गन्ध नआउने अर्को लक्षण पनि रहेको चिकित्सकको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल