काठमाडौं– गायक तथा संगीतकार प्रेमध्वज प्रधान घुम्ती छाडेर अस्ताए ।
उनी नशाको समस्या बल्झिएपछि बिहीबार दिउ“सो सुन्धारास्थित काठमाडौं न्युरो एण्ड जनरल अस्पतालमा उनको निधन भयो ।
वि.सं १९९४ असारमा सिन्धुपाल्चोकस्थित चौतारामा जन्मिए पनि प्रेमध्वजको बाल्यकाल भने काठमाडौंमै बित्यो ।
८५ वर्षका गायक तथा संगीतकार प्रेमध्वज छ दशक नेपाली गीत र संगीतमा अविच्छिन्न साधना गरे । उनी नारायणगोपाल, नातीकाजी, तारादेवीका समकालीन थिए । रेडियो नेपालमा हिन्दी गीतमात्र बज्ने बेला उनले नेपाली गीतले भरेर स्रोताको मन जितेका थिए ।
काठमाडौं बागबजार बस्दै आएका प्रेमध्वजका श्रीमती किरण तथा दुई छोरा प्रशन्न र कविर छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !