काठमाडौं — संघीय राजधानी काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको ती स्थानीय प्रशासनहरुले जनाएका छन् ।
राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा समेत रोक लगाइएको छ ।
होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ ।
दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ९ बजेसम्म तोकिएकोमा त्यसलाई बढाएर १० बजे पु¥याइएको छ ।
यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा संक्रमित भेटिएका छन् ।
नुवाकोटमा ३ गतेसम्म निषेधाज्ञा
यसैगरी नुवाकोट जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि ३ जेठसम्मलाई निषेधाज्ञा जारी गरिसकेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !