काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वराजा ज्ञानेन्द्र शाह र अधिराजकुमारी कोरोना संक्रमण मुक्त भएका छन् ।
संघीय राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत् उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।
दुई दिन पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
त्यसैगरी पूर्व अधिराजकुमारी प्रेरणा शाहको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाब रिपोर्ट नेगेटिभ आएपछि पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था सामान्य छ ।
त्यसैगरी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वरानी शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि आइसियूबाट वार्डमा सारेर उपचार गरिरहेको अस्पतालको जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !