काठमाडाैं — कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत् पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शुक्रबार कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।
दुवै जना अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् ।
पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएर अक्सिजन निरन्तर घटेपछि आईसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो ।
पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न रहेको अस्पतालले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !