काठमाडौं — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दावी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

यसका साथै पुरानै मन्त्रीलाई निरन्तरता दिएर नया“ मन्त्रिपरिषद् गठन गरिएको छ । नया मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल