नुवाकोट–नुवाकोटमा कोरोनाभाइसबाट आठ जनाको मृत्यु भएको छ ।

किस्पाङगाउ“पालिका ५ अर्चेलेका ३५ वर्षिय एक पुरुषको आईतवार बिहान २ बजे मृत्यु भएको त्रिशूली अस्पतालले नुवाकोटले जनाएको छ ।

त्यसैगरी आइतबार बिहान १० बजे विदुरनगरपालिका ४ की ४१ वर्षिया १ महिलाको मृत्यु भएको त्रिशूली अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलव्दारा जारी विज्ञप्तिमा उल्लेख छ । शुक्रबार सा“झ धादिङ निलकण्ठनगरपालिका ८४ वर्षिय पुरुष र शनिबार बिहान सोही ठाउ“की ५३ वर्षिया १ महिलाको मृत्यु भएको छ । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

नुवाकोटमा ६ सय ९३ जना सक्रिय संक्रमित
नुवाकोटमा आइतबार कोरोना संक्रमितको संख्या ५५ जना पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ६ सय ९३ जना रहेका छन् ।

एकसाताको लागि तीन जिल्लाको स्वाब संकलन बन्द
तीन जिल्ला नुवाकोट, रसुवा र धादिङमा स्वाब संकलन र परीक्षण हुने त्रिशूली अस्पताल स्थित कोभिड कक्षमा स्वाव संकलन कार्य बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अत्याधिक स्वाब संकलन भएको र परीक्षण गर्न समय लाग्ने जनाउदै स्वास्थ्य कार्यालय नुवाकोटले रसुवा र धादिङका स्वास्थ्य कार्यालय तथा स्थानीय पालिकालाई पत्र लेखेर स्वाब संकलन बन्द गर्न गरिएको जानकारी दिएको छ ।

जेठ ७ गतेबाट मात्र स्वाब संकलन र परीक्षण गरिने स्वास्थ्य कार्यालय नुवाकोटका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जनाएका छन् । तीनै जिल्लाका संकलित स्वाबका नमुनाहरु जिल्ला अस्पताल त्रिशूलीमा रहेको पीसीआर मेसिनमा परीक्षण हु“दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल