नुवाकोट– जिल्ला प्रशासन नुवाकोटले जेठ ३ देखि १८ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
कोभिड १९ को संक्रमणको जोखिमबाट जोगाउन यही जेठ ३ गते सोमबार राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
त्यसको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रजिअ जीवनप्रसाद दुलालबाट जारी आदेशमा भनिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरि निषेधा जारी गरेको हो ।स्थानीय प्रशासनले निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पा“च सय सक्रिय संक्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय संक्रमित पुगेपछि स्थानीय प्रशासनले यही बैशाख २१ गतेबाट निषेधाज्ञा लगाउने थालिएको हो । गृह मन्त्रालयका अनुसार अहिलेसम्म ७४ जिल्लामा कोरोना विरुद्ध निषेधाज्ञा लगाइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !