नुवाकोट–कोरोनाबाट सोमबार र मंगलबार गरी तीन जनाको मृत्यु भएको छ । त्यसमा दुई महिला र एक पुरुष छन् ।
सूर्यगढीगाउ“पालिका वडा नम्बर ३ की ३२ वर्षिया महिलाको मंगलबार दिउसो पौने एक बजे मृत्यु भएको त्रिशूली अस्पतालले जनाएको छ । उनी बैशाख ३१ गते अस्पताल भर्ना भई भेन्टिलेटरमा कक्षमा राखेर उपचारको क्रममा निधन भएको अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी विवाहमा सरिक भएपछि संक्रमित भएको अस्पताल स्रोतले जनाएको छ ।
त्यसैगरी मंगलबार बिहान सातबजे किस्पाङगाउ“पालिका ५ का ४२ वर्षिया एक महिलाको मृत्यु भएको छ । उनी बैशाख ३१ गते त्रिशूली अस्पतालमा भेन्टिलेटरमा राखेर उपचाररत् थिइन् ।
बैशाख ३० गते त्रिशूली अस्पताल भर्ना भएका धादिङ निलकण्ठनगरपालिका ११ का ५५ वर्षिय पुरुषको सोमबार राति निधन भएको छ । उनलाई भेन्टिलेटर सहितको कक्षमा राखेर उपचार हुंदै गर्दा सोमबार सवा १० बजे मृत्यु भएको त्रिशूली अस्पतालका प्रशासन अधिकृत पोखरेल जनाएका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । नुवाकोटमा ८ सय १ जना सक्रिय संक्रमित पुगेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !