काठमाडांै – खाडीमा पसिना बगाएर कमाएको पैसाले देशमा विपत्त परेका नेपालीलाई सहयोग स्वरुप अक्सिजन सिलिण्डिर पठाएका छन् ।
ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर हालै नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलण्डर काठमाडौ ल्याएको हो ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव देखिएपछि सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताइन् । ओमानमा रहेको नेपाली सोसल क्बल र दूतावासको पहलमा खाडीमा काम गर्ने नेपाली श्रमिकको सहयोगले ५ दिनमा सिलिन्डर नेपाल पठाउन सफलको उनले बताइन् ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !