काठमाडौं– भारतको तेलांगना प्रान्तको नालागोन्डा जिल्लामा होम आइसोलसनमा बस्ने ठाउ“ अभाव भएपछि विकल्प खोज्न थालेका छन् ।
त्यहा“को सयौं परिवार एउटै कोठामा आइसोलेसन बस्न बाध्य छन् । चार भित्ता रहेको एउटै कोठामा भान्छा र कतै नजिकै शौचालय समेत हुन्छन् । यस्तो बाध्यता बीच कोरोना संक्रमित बिरामीले आफूलाई छुट्टै बस्न ठाउ“ पाइरहेका छैनन् ।
यही समस्यालाई चिर्न नालागोन्डाका कोरोना संक्रमित एक विद्यार्थीले उपाय फुराएका रुखमा शैया बनाएर । होम आइसोलेसनमा बस्ने ठाउ“ अभाव भएपछि १८ वर्षीय शिव नामका विद्यार्थीले रुखको टुप्पोलाई कोभिड वार्ड बनाए । उनी रुखको टुप्पोमा ११ दिनसम्म आइसोलेसन बसे । घरका अन्य सदस्यलाई भाइरस नसरोस् भनेर उनले रुखको हा“गामा बा“सका भाटा बाधबु“ध पारे । खाट जस्तो बनाए । ओढ्ने, ओछ्याउने राखे । त्यहीं सुते । मे ४ मा कोरोना संक्रमण पुष्टि भएपछि सानो गाउ“ कोठानान्डिकोन्डाका शिवलाई गाउ“का स्वयंसेवकले घरमा परिवारबाट अलग्गै बस्ने सुझाए ।
कोठानान्डिकोन्डा ३ सय ५० आदिवासी परिवारको बस्ती छ । गाउ“बाट प्राथमिक स्वास्थ्य केन्द्र ५ किलोमिटर र अस्पतालै जानुपरे ३० किमी टाढा छ ।
उनले आफ्नो गाउ“को समस्या बताउदै उनलेभने, ‘छेउछाउको गाउ“मा आइसोलेसन छ, यहा“ छैन । यस्तो समस्या भएपछि म जस्ता संक्रमितले के नै गर्न सक्छौं र रुखको टुप्पोमा बसें । मेरो परिवारका चार जना कोरोनाबाट जोगिए ।’
ग्रामीण स्वयंसेवकले उनलाई कोरोना पोजिटिभ भएको प्रधानपञ्चलाई भनेपछि गाउ“का कोही पनि सहयोग गर्न आएनन् । सबै डराए । घरबाट कोही पनि बाहिर निस्केनन् । रुखमा आइसोलेसन बस्न थालेपछि शिवको परिवारले खाना, डोरी बा“धेर खानेपानीे बाल्टिन राखिदिने गरका थिए । माथिबाट तानेर उनले आफ्नो प्रयोग गर्थे । अधिकांश समय शिवले रुखको टुप्पोमा मोबाइल फोन चलाएर बिताए । उनी हैदरावादमा स्नातक अध्ययनरत् छन् ।
भारतभरि दोस्रो लहरको कोरोना संक्रमण फैलिन थालेपछि हैदरावादबाट उनी एक महिनाअघि गाउ“ फर्किएका थिए ।
आफ्नो समस्याबारे गाउ“का प्रधानपञ्च बालु नायकलाई टेलिफोन गर्दा उठाएनन् । त्यसपछि डिस्ट्रिक्ट कलेक्टर प्रशान्त जीवन पाटिललाई फोन र मेसेज गरे । कुनै जवाफ पाएनन् ।
शिवको समस्याबारे बुझ्न पत्रकार उनको गाउ“ पुगेपछि बल्ल गाउ“लेहरू जम्मा भए । जब हल्ला फैलिएपछि प्रहरी पनि घटनास्थल आयो । त्यसपछि प्रहरीले शिवलाई रुखबाट ओरालेर ५ किमी परको आइसोलेसन सेन्टर लगेर राख्ने व्यवस्था मिलायो । ११ दिन रुखको टुप्पोमा आइसोलेसन र बा“की ३ दिन आइसोलेसन सेन्टर बसेर नेगेटिभ रिपोर्ट आएपछि उनी घर फर्किए । उनको परिवारमा दैनिक मजदुरी गर्ने बुबा र आमा तथा दुई साना भाइबहिनी छन् ।
एजेन्सीको सहयोगमा
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !