काठमाडौं — लमजुङमा गएको भुकम्पले दुई महिला घाइते भएका छन् भने केही घर सामान्य क्ष्ँति पुगेको छ ।

बुधबार बिहान भुकम्प दुई पटक गएको थियो । लमजुङको भुलभुले आसपास नै केन्द्रविन्दु बनाएर बुधबार बिहान ८ बजेर २६ मिनेट जा“दा ५.३ रेक्टर स्केल र बिहान ५ बजेर ४२ मिनेट जा“दा सोही ठाउ“मा केन्द्र बिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र बागमती प्रदेशका जिल्लामा महसुस गरिएको थियो । भूकम्पमा १५ घर भत्किनुका साथै ४ जना स्थानीय घाइते भएका छन् ।

भूकम्पको केन्द्रविन्दु मस्र्याङ्दी गाउ“पालिकाका घरमा क्षति पुगेको जनाइएको छ । भुकम्प आएपछि स्थानीयवासी भागाभाग गरेका थिए । भुकम्पले घर भत्किंदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर नगरपालिका –११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे, ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

घाइतेहरु भएको स्थानीय प्रशासनले जनाएको छ । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । पछिल्लो धक्का पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल