काठमाडौं– सरकारले स्वास्थ्य आपतकाल घोषणाको तयारी गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने तयारी थालेको छ ।
स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई संक्रमितको निदान, उपचारमा खटाउने र आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई संचालन गर्न सकिने जनाएको छ ।
जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना लिन सक्ने, कुनै व्यक्ति मास्क नलगाई हिंडेको पाइएमा सुरक्षाकर्मीले १ सय रुपैया“ जरिवाना लिन सक्ने व्यवस्था गरिएको छ ।
आवतजावत रोक लगाइएका ठाउ“मा हिंड्डुल गरेको पाइएमा पटकैपिच्छे २ सय रुपैया“ जरिवाना र ६ महिनासम्म कैद गर्न सकिने पनि व्यवस्था गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकाल घोषणा गर्न मन्त्रिपरिषदमा पटकपटक सिफारिस गरेको थियो ।
अब सरकारले अध्यादेश नै जारी गरेर जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने व्यवस्था अध्यादेश मार्फत गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !