कहाँबाट कहाँ पुगिसक्यौं तर पनि बुझेनौँ हामीले शासन र पद्धति केही इतिहास पढेर केही देख्ने सुन्नेहरुबाट सुनेर । केही देखेर, केही सुनेर र केही भोगेर जनता समक्ष यो नम्र निवेदन राख्ने प्रयास गरेको छु ।

भारतवर्षको यो इतिहासमा हालको भारत, पाकिस्तान र बंगलादेशभित्र ५–६ सय राज्य र राजाहरु थिए जुन सम्पूर्ण यो आलेखमा उल्लेख सायद सम्भव नहोला। संक्षिप्तमा भारतमा भएका राजामहाराजाको कालमा पश्चिमी साम्राज्यवाद कसरी खडा भयो र नेपाल कसरी सुरक्षित रह्यो यसबारे अलिकति खोतलौं ।

भारत वर्ष साँस्कृतिक र प्राकृतिक हिसाबले स्वर्ग नै हो। जसमा विभिन्न काल समयमा देवताहरु मानव र वानर भएर सम्म रहेको पौराणिक कथनहरु पाइन्छ। यो ऐतिहासिक र साँस्कृतिक कुरा भयो । अब हामी आधुनिकताको उदय सँगै आएको परिवर्तन र त्यसमा घुसेको अप्रत्यक्ष धार्मिक र आर्थिक साम्राज्यवादका कुरा गरौँ। जसको सिकार भई सिङ्गो भारतीय सँस्कृति समाप्त भयो । सबै भन्दा पहिले व्यवसायिक र उद्योगको अवधारणा लिएर पश्चिमाहरु भारतमा प्रवेश गरेका थिए । उनीहरुले भारतको विभिन्न स्थानमा खोलिएको व्यवसायिक उद्योग र त्यसले निम्त्याएको विद्रोहको इतिहास जिउँदो छँदै छ । जसले सिङ्गो भारत वर्ष इष्ट इण्डिया कम्पनी वेलायती उपनिवेश भयो । भारतमा आफ्नै देशमा नागरिकहरु अनागरिक हुन पुगे । भारतीय जनताहरु आफ्नो हैसियतमा रहेनन् । बेलायतीहरुको दास बन्न पुगे । धार्मिक र साँस्कृतिक रुपमा रहेका अन्तिम राजाकाशी नरेश निर्वल थिए । उनले केही गर्न सक्ने अवस्था थिएन । तर पनि उनमा धार्मिक र साँस्कृतिक धरोहर रहोस् भन्ने चाहना मरेको थिएन । उनी पश्चिमी साम्राज्यवादप्रति चिन्तित थिए ।

उक्त समस्या बाट जोगिन उनको नजर हाल नेपालको गोर्खा जिल्ला (जुनभारत वर्ष अन्तर्गत रहको केही भाग थियो) त्यहाँ मा जन्मिएका राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहमा प¥यो। शाहमा सम्भावना देखेर काशी नरेशले उनलाई भने अब भारत सकियो भारत वर्ष जोगाउन प्रयास गर । साम्राज्यवाद विरुद्ध लड्ने तयारी गर । यसो भनेपछि गोर्खाको सानो राज्यबाट साम्राज्यवादको विरुद्ध लड्ने शक्ति आर्जनको लागि नेपाल एकीकरणको अभियान सुरु गरे । उनको नेतृत्वमा मगर गुरुङ्ग तामाङ्ग र साथमा गोरखनाथको आर्शिवाद्ले भुरे टाकुरे राज्यलाइे जोड्दै अघि बढेर विशाल नेपाल निर्माण गरे । उनको यो अभियान कुनै राजा रजौटाको विरुद्ध नभई साम्रज्यवाद विरुद्ध र धर्म सँस्कृतिको संरक्षणको निमित्त थियो भन्ने प्रष्ट प्रमाण हो वर्तमान स्वतन्त्र र सहिष्णु नेपाल ।

नेपाली र नेपालको एकता आआफ्नो सांस्कृतिक स्वतन्त्रता यद्यपि कायम छँदैछ । उहाँजस्ता महानायकले पनि आफ्नो चाहना अभिलाषा बेलाबेला त्याग गरेको पाइन्छ । उदाहरणको लागि विराज वखति र विषे नगर्जि। उहाँको दिव्योपदेशहरुमा उल्लिखित असली हिन्दुस्तान, चार वर्ण छत्तीस जातको साझा फूलबारी, दुई ढुङ्गाबीचको तरुललगायत धेरै नीतिगत सचेतनाहरु छन् जसलाई यो छोटो आलेखमा वर्णन गर्न असम्भव छ ।

उहाँले गरेका एकीकरण र त्यसैको निरन्तरतामा नायवी शासनकालमा बहादूर शाहको बहादुरीले अत्तालिएका साम्राज्यवादीहरुले राज्यपक्षमा विद्रोह ल्याई राज्यनिर्माताका विरासत कमजोर बनाउन जङ्गबहादुर खडा गरे । फलतः नेपालमा जहानियाँ राणा शासनको सुरुवात भयो र उक्त शासन व्यवस्था १०३ वर्षकायम रह्यो । जसको उपस्थिति साम्राज्यवादीहरुबाट भयो । राज्यारोहण पछि भने तानाशाह भएर पनि कतै न कतै नियाल्दा राष्ट्र र राष्ट्रियताको रोशनी देखिन्छ राणकालमा। जसको ज्वलन्त उदाहरण हो नयाँ मुलुक प्राप्ति र जङ्गे पिलर जुन आज पनि मौजुद छ । श्री ३ महाराज चन्द्र शमशेरले गरेको दाशत्वमोचन, सतीप्रथाको उन्मूलन र त्रिचन्द्र महाविद्यालयको स्थापना विनापूर्वाग्रह हेर्ने हो भने युगीन उपलब्धिहरु हुन् ।

यद्यपि राण शासन ठिक थियो भन्ने आशय भने मेरो होइन । यसैमा अर्को इतिहास नभेटिएको द्रष्टाहरुले देखेको तीनओटा न्याय जोड्न चाहेँ । पहिलो, एक धनाढ्य परिवारकी वालविधवा जसको सन्तान थिएन सम्पत्तिमा लालायित आफ्नै देवरले आफ्नै खानदानी पण्डितलाई केही प्रलोभनमा पारी उनको अवैधानिक सम्बन्धको नाममा घर निकाला गर्न खोजे । निरपराध भएकोले कसैको सहयोगमा ती बालविधवा टुडिखेलमा आइपुगिन् जहाँ हुकुम चल्थ्यो । राजा टुडिखेल आइपुगे । हजुरियाले मुद्दा पढेर सुनायो । साक्षीले पनि देखेँ भन्यो । देवरको कुरै भएन । पण्डितले पनि स्वीकार गरे ।अन्ततः विधवाले पनि स्वीकार गर्नै प¥यो। स्वयं विधवाले स्वीकार गरिसकेपछि सजाय सिवाय त्यहाँ केही गर्नु पर्ने जरुरत नै थिएन । तर श्री ३ महाराजलाई यी सबै कुराले पूर्ण न्याय नहुने मनमा लाग्यो । उनले जुक्ति निकाले ।

१९९० को महाभूकम्पमा विपत्तिमा सम्पत्ति कमाउने आततायी विरुद्ध श्री ३ जुद्ध शमशेरले विपतका बेलाकालो बजारी गर्नेलाई ५ जना साक्षी राखी मेरो उपस्थिति र आदेश विना नै छप्काइदिए हुन्छ भनेका थिए रे । यो हामी सबैले पढेको इतिहास हो ।

त्यतिबेलाको शासनमा त्यसको सजाय र पीडितलाई न्याय दिन जारलाई काट्नु पर्ने रहेछ । जार बाहुन भएमा चारपाटे मुडेर चार भन्ज्याङ कटाउनु पर्ने रहेछ । तर महाराजले यस्तो हुकुम गरेछन् ः आजसम्म बाहुनलाई काट्ने चलन थिएन आजबाट सुरु भयो । दाइको जार काट्ने अधिकार भाइलाई हुन्छ काट । तब हत्तपत्त पण्डित र साक्षीले एक स्वरमा भनेछन् महराजकी दुहाई। महाराजले फेरि हुकुम भयो, के भन्नु छ भन । तब साक्षीहरुले भने हामीलाई त पाँच–पाँच सय दिन्छु यो आइमाईको पण्डितसँग नाजायज सम्बन्ध छ भन्नु भनेर भनेका हौँ महाराज अरु केही थाहा छैन । पण्डितले भने मलाई हजार रुपैया दिन्छु यति भए तिम्रो जिन्दगीभरलाई पुग्छ यो कुरा भन भने तसर्थ मैले भनेको हुँ महाराज । यति भनेपछि स्वयं देवरले पनि आफ्नो अपराध स्वीकार गरे रे । मेरा हजुरबुबाले देखेको र मेरा पिताजीले सुनेको रे । यसबाट त्यति क्रुर शासकमा पनि विवेक रहेछ भन्ने प्रष्ट हुन्छ ।

दोस्रो, १९९० को महाभूकम्पमा विपत्तिमा सम्पत्ति कमाउने आततायी विरुद्ध श्री ३ जुद्ध शमशेरले विपतका बेलाकालो बजारी गर्नेलाई ५ जना साक्षी राखी मेरो उपस्थिति र आदेश विना नै छप्काइदिए हुन्छ भनेका थिए रे । यो हामी सबैले पढेको इतिहास हो । तेस्रो, मेरा पिताजीको दृष्टिमा । हालको नुवाकोट जिल्लाको थानसिंह फाँटमा खाल्टे गरो भन्ने ठुलो गरो थियो । त्यस गरोमा सयौँ मुरी धान चुटिन्थ्यो । त्यहाँ धान चुटेर रास ठड्याइएको रहेछ । त्यो गाँउको एउटा नियम थियो रे धान थुप्रो भएको खलामा जुत्ता लगाएर जानेलाई ५ रुपियाँ जरिवाना गर्ने । कान्तिपूरबाट जुद्ध शमशेरको सोही धानखलाको बाटो हुँदै नुवाकोट सवारी भएछ । बाटोमा धानको रास देखेर रमाइलो मान्दै घोडाबाट ओर्लेर जुत्ता लगाएर खलामा पुगेछन्। उनको उपस्थितिमा त्यति बेलाका रैतिहरु बोल्न सक्ने कुरै भएन । मन मारेर एक अर्कामा मुखामुख गरिरहे । मुखामुख गर्दै मौन बसेको देखेर जुद्ध शमशेरलाई शंका लागेर सोधेछन् यहाँ के भयो ? नडराई भन । अझै पनि कसैले आँट गरेनछन् । तब जुद्ध शमशेरले सत्य के हो भन अन्यथा सत्य नबोलेको कारण सजायको भागीदार हुनेछौ भनेछन् ।

त्यसपछि त्यहाँका एक ब्राह्मणले भनेछन् सरकार यहाँको नियमअनुसार जुत्ता लगाएर खलामा आउनेलाई पाँच रुपियाँ डण्डा गरिन्छ । डरले काँप्दै यति के भनेका थिए जुद्ध शमशेरले आफ्नो बगलीबाट ५ ओटा डबल झिकेर दिँदै भनेछन् कानून त कानून नै हो राजाप्रजा सबैले मान्नै पर्छ यसमा डराउनु पर्ने के छ र । त्यस्ता जहानियाँ र क्रुर शासनकालमा पनि यति मर्यादा र विवेक रहेछ । अहिलेका लोकतन्त्रवादी नेतृत्वमा यति पनि नदेखिनु दुर्भाग्य नै भन्नु पर्दछ । जनताको मताधिकारबाट जनता र राज्यको सुरक्षागर्नु पर्ने शासकले देश र जनताको बारेमा समयानुकुल सोच्न नसक्नुको प्रतिफल अहिलेको सामाजिक परिदृष्य पनि हो ।

साभारः देशसञ्चारबाट पं. ओजराज लोहनीकाे लेख

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल