नुवाकोट–नुवाकोटमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
बैशाख दोस्रोसातापछि जिल्लामा कोरोना संक्रमित बढेका हुन् । गाउँगाउँमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यससंगै मृत्यु हुनेको संख्या दिनहु“ छ ।
आइतबार विदुरनगरपालिका वडा नम्बर १३ की ६१ वर्षिया महिलाको मृत्यु भएको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । उनको आइतबार बिहान पौने ९ बजे मृत्यु भएको अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी बेलकोटगढीनगरपालिका वडा नम्बर २ की ५५ वर्षिया महिलाको निधन भएको छ । उनको शनिबार मृत्यु भएको त्रिशूली अस्पतालले जनाएको छ ।
नयाँ भेरियन्ट कोभिड संक्रमित बिरामी बढिरहेका छन् । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको छ ।
नुवाकोटमा एक हजार १२ जना सक्रिय संक्रमित भएका छन् । नुवाकोटमा ९ सय १६ जना होम आइसोलेसनमा छन् भने अस्पतालमा ५९ र आइसोलेसन सेन्टरमा ३७ जना रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !