काठमाडौं– अरब सागरमा बनेको ताउ–ते सामुद्रिक अाँधीको प्रभाव सकिएको नबित्दै बंगालको खाडीबाट अर्को आँधी आउने भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यास नामक आँधी बन्ने क्रममा रहेको छ । मंगलबारसम्म शक्तिशाली चक्रवातमा परिणत हुने छ । बुधबार पारादीप र सागर टापुमा ल्यान्ड आउने छ । १८५ किलोमिटर प्रतिघन्टामा आउने आँधीका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गरी पश्चिम बंगाल, उडिसासहित उत्तरपूर्वी भारतीय राज्यहरूमा आवश्यक सावधानी अपनाउन राज्यका उच्च अधिकारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तटीय क्षेत्रमा काम गरिरहेकाहरूलाई तत्काल सार्न भनेका छन् ।

यास आँधीको प्रभाव मंगलबार नेपालमा प्रवेश गर्ने छ । ताउ–तेको प्रभावले पश्चिम क्षेत्रबाट वर्षा र हिमपात भएको थियो भने यसपाली पूर्वी क्षेत्रबाट पश्चिम सर्ने छ । पूर्वका हिमाली क्ष्ँेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा गराउने छ । त्यसको प्रभाव तीनदिन सम्मपर्ने मौसम विद्ले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल