नुवाकोट–कोरोनाभाइरसबाट मंगलबार थप दुई जना सहित २१ जनाको मृत्यु भएको छ ।

मंगलबार नुवाकोट म्यागङगाउ“पालिका ५ का ५० वर्षिय पुरुष र धादिङ निलकण्ठनगरपालिका ३ का ७२ वर्षिय एक पुरुषको मृत्यु भएकोे जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ ।

उनको मंगलबार बिहान पौने ७ बजे म्यागङका ५ पुरुषको र बिहान ११ बजे धादिङका स्थानीयको कोरोनाबाट मृत्यु भएको त्रिशूली अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलव्दारा जारी विज्ञप्तिमा जनाएका छन् ।

त्रिशूली अस्पताल धादिङ, नुवाकोट र रसुवाको अस्पताल हो । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ जना पुगेको छ ।

नुवाकोटमा १ हजार ७९ जना सक्रिय संक्रमित भएका छन् भने निको हुनेमा १ हजार ८ सय १० जना छन् । अस्पतालमा ६३, आइसोलेसन सेन्टरमा ४२ र होम आइसोलेसनमा ९ सय ७४ जना संक्रमित छन् । जिल्लामा १३ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल