काठमाडौं–कोरोनाको संक्रमण नघटेको भन्दै संघीय राजधानी काठमाडौंका तीनवटै स्थानीय प्रशासनले यही १४ देखि २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।


एकसाता खाद्यान्न, किराना पसल र डिपार्टमेण्टल स्टोर बन्द

थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । एकहप्ताका लागि अत्यावश्यक हरियो तरकारी फलफूल र मासुजन्य पदार्थ, दुध लगायतका अत्यावश्यक खाद्य पदार्थ खरिद गर्न दिने तर खाद्यान्न, किराना पसल र डिपार्टमेण्टल स्टोर बन्द गर्ने निर्णय गरेको स्थानीय प्रशासनहरुले जनाएका छन् ।
सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन संचालन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।
निर्माण कार्य पनि रोक लगाएको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ ।
हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

चौथो कडा आदेश
कोरोना संक्रमणको दोस्रो लहर बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६–२२ वैशाखसम्म पहिलो, २२–२९ वैशाख दोस्रो र २९– १३ जेठसम्मका लागि निषेधको आदेश लगाएपछि यो चौथो आदेश हो ।

िवहानी र सान्ध्याका िलन यात्रा गरन समेत राेक लगाइएकाे छ ।


निषेधाज्ञा उल्लंघन गर्नेलाई अध्यादेशअनुसार कारबाही

अब लागू हुने निषेधाज्ञाको पालना नगर्नेलाई हालै जारी कोभिड–१९ अध्यादेशअनुसार कडा कारबाही गर्ने पनि निर्णय भएको छ ।
अध्यादेशमा अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रयोजन बाहेक सवारीसाधन चलाउनेलाई कारवाही गर्नसक्ने व्यवस्था छ ।

आदेश विना सवारी चलाएमा २–५ हजार जरिवाना
अध्यादेश अनुसार दुईपांग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।

विनामास्क हिंड्डुल गरेमा १ देखि २ सय जरिवाना
मास्क नलगाई सार्वजनिकस्थलमा आवतजावत गर्नेलाई पटकैपिच्छे १ सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । विना काम निस्किनेलाई २ सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल