काठमाडाैं – कति मान्छे चियाको पारखी छन् संसारमा ? संसारको सबैभन्दा महंगो चियाको बारेमा कतिलाई थाहा होला । के संसारको सबैभन्दा महँगो चियापत्ती मूल्य कुन हो र यसको मूल्य कति पर्ला ।? २०, १०० वा १ हजार । वास्तवमा उक्त चियापत्तीको मूल्य हाम्रोे कल्पनाभन्दा बाहिर हुनसक्छ ।

संसारको सबैभन्दा महँगो चियापत्तीको नाम डा होंग पाओ हो । यो चियापत्तीको मूल्य प्रतिकिलो झण्डै १५ करोड रुपैयाँ पर्छ । चीनको फुजियान प्रान्तको उइसन इलाकामामा यो चियाको खेती गरिन्छ ।

स्वास्थ्यका लागि निकै लाभदायक भएकै हुनाले यो चियापत्ती यतिधेरै महँगो भएको बताइन्छ । साथै यो चियापत्तीलाई निकै दुर्लभ पनि मानिन्छ । यो चियाको खेती निकै कठिन तथा परिश्रममूलक हुने र उत्पादन पनि कम हुने हुनाले यसको मूल्य अत्यधिक भएको हो ।

डा. होंग पाओ चियाको इतिहासलाई हेर्दा चीनमा मिंग वंशीय शासनकालबाट यो चियाको खेती सुरु भएको मानिन्छ । उक्त समयमा मिंग वंशकी महारानी अचानक बिरामी परिन् । उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै जाँदा बाँच्ने सम्भावना पनि कम हुँदै गएको थियो । किनकि उनलाई कुनैपनि औषधिले काम गर्न छाडेको थियो ।

त्यसपछि उनलाई राज्यका वैद्यहरुले डा होंग पाओ चिया पिउन सल्लाह दिए । अनौंठो त के भने उक्त चिया नियमित रुपमा पिउन थालेको केही दिनमै उनलाई निको भयो । रानी निको भएसँग राजाले उक्त चियाको खेती गर्नका लागि आदेश जारी गरे । उनै राजाको नामबाट यो चियापत्तीको नाम रहन गएको बताइन्छ ।
एजेन्सी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल