काठमाडौं–चीनबाट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भेन्टिलेटर लगायतमा स्वास्थ्य सामग्री आएको छ ।

तातोपानी नाकामा उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको राजदूत होउ यान्छीले जनाएकी छन् । उक्त स्वास्थ्य सामग्री सिज्याङ तिब्बत सरकारको तर्फबाट अनुदानमा दिएको हो ।

आइतबार हस्तान्तरण भएको सामग्रीमा ८ सय अक्सिजन सिलिन्डर, १० कस्सन्ट्रेटर, ५ भेन्टिलेटर, २ सय आईसीयू बेड र १५ जार एन्टिजेन किट्स रहेको राजदूतले जनाएको छ । चीनले यसअघि नै ८ लाख डोज भ्याक्सिन दिइसकेको छ ।

१० लाख डोज भ्याक्सिन मंगलबार काठमाडौ आइपुग्ने क्रममा छ । खोप दिने विषयमा चिनियाँ राष्ट्रपति सि चिनिफिङले नेपाल समकक्षी विद्यादेवी भण्डारीलाई टेलिफोन गरेर दिने घोषणा गरेका थिए । चीनले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न सक्दो सहयोग गर्ने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल