नुवाकोट– उत्तरी नाका रसुवागढीबाट चीनले मंगलबार अक्सिजन सिलिन्डर र मास्क अनुदानमा पठाएको छ ।

चीन सरकारले १ हजार ५ सय वटा सिलिन्डर ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क पठाएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

पठाइएका सामग्री जिल्ला स्वास्थ्य कार्यालय रसुवाले बुझेको छ । चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र मास्क मंगलबारै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमा पठाइने छ । चीनले अनुदानमा दिइएको सामग्री ४ वटा चिनियाँ गाडी नाका ल्याएको हो ।

चीनीया ढुवानी साधनले एक वर्षदेखि रसुवागढी नाकामा ल्याएर अन्य सामग्री झार्ने गरेको छ । त्यसअघि चीनको केरुङभन्दामाथि पाङसिङमा नेपाली ढुवानी साधन गएर चिनियाँ सामान आयात गरी ल्याउने गरेका थिए ।

दैनिक ८ वटा चिनियाँ गाडीले सामग्रीहरू आयात गरिहेका छन्। चीनबाट फलफूल, तयारी लत्ताकपडा, इलेक्ट्रोनिक, जलविद्युत्का सामग्री, टेलिकमका सामग्री, व्यालेङकेट लगायतका समान आयात हुने गरेको छ । त्यसैगरी यता नेपालबाट काठका सामान, चिउरा, सख्खर, बा“सको मुडा, अम्रिसोको कुचो लगायतको सामग्री निर्यात हुने गरेतापनि अहिले रोकिएको छ ।

चीनले २०७१ साल मंसिर १५ गते औपचारिक रुपमा अन्तर्राष्ट्रिय नाकाको रुपमा सञ्चालनमा ल्याएको हो । नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्थे । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल