काठमाडौँ — संघीय राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । खाद्यान्न तथा किराना पसल खोल्न दिनेजस्ता केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।
अब खाद्य, किराना पसल खोल्न र निर्माणका सामाग्री ढुवानी गर्न दिइने भएको छ । खाद्य सामाग्रीका पसलहरु बिहान १० दिनसम्म थप गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओले जारी गरेको निषेधाज्ञासम्बन्धी आदेशमा खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दुध डेरी, मासु पसल, ग्याँस पसल बिहान ९ बजेसम्म खोल्न पाइने उल्लेख छ । निर्माण सामाग्री ढुवानीका सवारी साधान राती ९ बजेदेखि बिहान ४ सम्म चलाउन पाइने पनि आदेशमा उल्लेख गरिएको छ । सवारी साधन मर्मत गर्ने वर्कशपहरु राती ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

शैक्षिक संस्था, सार्वजनिक निजी सवारी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको स्थानमा ७ जनासम्म जम्मा भई विवाह ब्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरि कृषिको काम गर्न भने छुट दिइएको छ । अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले भने प्रधान कार्यालयबाहेक काठमाडौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् । संचारकर्मीलाई सूचना विभागको पास वा जिल्ला प्रशासनबाट जारी गरिएको पासका आधारमा आवतजावत गर्न दिइने आदेशमा उल्लेख गरिएको छ ।

औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ सम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

त्यसै गरी नुवाकोटमा पनि आगामी जेठ २५ गतेसम्मलाई निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल