काठमाडौ– विघठित प्रतिनिधि सभा सदस्य मोहन आचार्यले रसुवाका दुई अस्पताललाई भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
पछिल्लो समय कोरोनाका जटिल प्रकृतिका बिरामी बढेसँगै स्थानीयको स्वास्थ्य अवस्थामा सुधार गर्न जिल्ला अस्पताल धुन्चे र जिबजिबे ग्रामिण अस्पतालाई उनले आफ्नै व्यक्तिगत खर्चमा १६ लाख मूल्य बराबरको मिनि भेन्टिलेटर ४ वटा, अक्सिमिटर ३० वटा, बेड ५ वटा र सर्जिकल मास्क ३ हजार थान उपलब्ध गराएका छन् ।
उनले बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रम बीच जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी आचार्यले बिहिबार नै नुवाकोटको जिल्ला अस्पताल त्रिशुलीलाई पनि २ वटा मिनीभ्यान्टिलेटर २ वटा, आइसियुमा प्रयोग हुने सामान १ वटा हस्तान्तरण गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !