काठमाडौं– कोरोना भ्याक्सिन अभावका कारण संकट बेहोरिरहेको नेपाललाई अमेरिकाले भ्याक्सिन उपलब्ध गराउने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्र तथा कूटनीतिक तहबाट गरिएका प्रयासहरुका कारण नेपालले भ्याक्सिन पाउने भएको राष्ट्रपति कार्यालयका सञ्चार सल्लाहकारले जनाएका छन् ।

नेपाल सरकारको क्रियाशीलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा सफलता प्राप्त भएको संचार सल्लाहकार टिकाप्रसाद ढकालले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलुकी एक ट्विट गर्दै भ्याक्सिन दिने अमेरिकी निर्णयको सराहना गरेका छन् ।
उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई मेन्सन गर्दै भ्याक्सिन दिने अमेरिकी निर्णयको स्वागत सहित धन्यवाद दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल